भदौ २४ ।  राजधानीमा जारी आठौ संस्करणको साफ च्याम्पियनसिपप फुटबलअन्तर्गत दोस्रो सेमिफाइनल खेल आज भारत र माल्दिभ्स   भिड्दैछन । साढे ६ बजे  दशरथ रङशालामा खेल  सुरु हुने छ ।
दुबै देश अहिले सम्म  १३ पटक  भिडेका छन  जसमा  भारतले ९ पटक र माल्दिभ्सले २  पटक  मात्र   जित  लिकालेको छ । भने २ खेल   बराबरीमा  भएका छन।

भारतका कप्तान सुनिल क्षेत्रीले खेल्न नपाउने भएपछि भारत  केही दवाबमा  रहने छ  । माल्दिभ्स यस सिजनको  प्रतियोगितामा उत्कृष्ठ  खेल खेलिरहेको छ।

हिजोको खेलमा नेपाललाई १–० ले पराजीत गर्दै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ ।आजको खेल जित्ने टोलीले फाइनलमा अफगानिस्तानको सामना गर्नेछ ।  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।