को हुन् थापा ? किन मारियो उनको फर्ममा छापा !

भदौ २१ । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाको ‘ल फर्म’मा राजश्व अनुसन्धान विभागले शुक्रबार दिउँसो छापा मारेको छ । विभागले छापा मार्ने क्रममा थापाको फर्ममा रहेका ल्यापटप, सिपीयू र दुई थान भ्याट बील कब्जामा लिएको छ ।

पुतलीसडकमा रहेको थापाको ल फर्म लिगल एडभाईजर फोरममा छापा मार्नका लागि उपसचिव खिम कुँवरको नेतृत्वमा पाँच कर्मचारीका साथै सशस्त्र प्रहरी समेत खटाइएको थियो ।

विभागको टोलिले थापाको फर्मसहित दुई ल फर्म, दुई इन्जिनियरिङ कन्सल्ट्यान्सी, एक चार्टर्ड अकाउन्टेन्ड कन्ल्ट्यान्सी र एउटा डाक्टरको क्लिनिकमा छापा मारेको जनाइएको छ ।

को हुन् त थापा ? किन मारियो छापा ?

अन्तरिम संविधानका मस्यौदाकार समेत रहेका थापा नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष समेत रहेकाले कानुन व्यवसायी माझ झनै प्रख्यात नहुने कुरै रहेन । उनलाई निक्कै महंगा वकिल मानिन्छ । त्यसो त उनको हाईफाई पनि महंगै छ भने गाडी समेत महंगै चढ्छन् उनी ।

कुनै बेला नेकपा एमालेको झण्डा सूर्यको मुनि निर्वाचनमा उठेका उनी पछिल्लो समय भने एमालेको समेत विरोधी मानिन्छन् । उनै थापाले वर्तमान अन्तरिम चुनावी मन्त्री परिषदको सबैभन्दा बढी विरोध गरेका थिए भने अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्कीको विरोधमा परेको मुद्धा उनी लगायतले नै हेरेका थिए ।

राजनीतिक वृत्तमा उनको ल फर्म छापाका विषयलाई कर छलिको विषयको अनुसन्धान भनेर मात्रै पनि चर्चा गरिएको भने छैन । वर्तमान सरकार गैरकानुनी तवरले बनेको भनेर विरोधीका रुपमा उत्रिएको र लोकमानसिंह कार्कीको समेत चर्को विरोध गरेका उनलाई कतै सोही विषयले त पिरलेको होइन भनेर समेत चर्चा गरिन थालिएको छ ।

त्यसो त एक राष्ट्रिय दैनिकका पत्रकारले आफ्नो फेसबुक वालमा होटल अन्नपूर्णमा ०६२/०६३ का केही अभियान्तलाई नियतबस ‘ठीक’ लगाउने योजना बनेको र यसको कार्यान्वयन बरिष्ठ अधिवक्ता शम्भू थापाको पुतलीसडकस्थित ल फर्ममा छापा मारेर सुरु भएको छ भनेर लेखेका छन् । उक्त स्टाटसको अगाडी लेखिएको छ- ‘मैले पाएको जानकारीसम्म अझै केही पात्र नियतबस ठीक लगाइने सूचीमा छन । सुरुवात थापाबाट भयो । पेशा पारदर्शी हुनुपर्छ यसमा बिवाद छैन । राज्यप्रति सवै नागरिकको समान दायित्व छ र जिम्मेवारी पनि यो पूरा गर्नुपर्छ । गलत क्रिा्याकलाप भएकै भए न्यायिक छानविन हुनुपर्छ । तर, ठेगान लगाउने उद्देश्यले हैन सवैलाई समान व्यवहार गरिनुपर्छ । किनकी थापाभन्दा धेरै कारोवार गर्ने फर्मका मालिक त्यो लिष्टमा छैनन् । अहिलेलाई यत्ति ।’

थापाको फर्मको छापा आज राजश्व अनुसन्धान विभागले गरेको हो । तर थापाले नियुक्तीका क्रममा निक्कै विरोध गरेका लोकमानसिंह भने छुट्टै निकाय अख्तियारमा छन् । तर अख्तियार समेतको भित्रि दबाबमा शम्भुको फर्ममा छापा मारेको भनेर समेत चर्चा गरिन थालिएको छ ।

यता, आफ्नो फर्ममा छापा मारेपछि थापाले भने राजनीतिक प्रतिसोधका आधारमा छापा मारिएको प्रतिक्रिया दिएका छन् । संविधान र ऐन अनुसार विभागले ल फर्ममा छापा मार्ने काम गर्न नसक्ने समेत उनले बताएका छन् । तस्वीर सौजन्यः विक्लिनेपाल


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. sarbjanik sewa ma raheka rastra sewak haru jantalai dukh di anuchit labh liyi bharastachar gariraheko layi pahila karwahi garnu par6a ani matra kar dakhila na garne dayrama aauneharulai karwahi gareko bhaye ramro bhanna milthyo.

    Comments are closed.