भदौ २० । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोल १५ सय घटेको छ ।

बुधबार तोलामा १२ सय रुपैयाँले बढेर ६१ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ बिहीबार १५ सय रुपैयाँले घटेर ६० हजार रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्टिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सुनको भाउ घटेको हो ।

यस्तै, बिहीबार चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको एक हजार ३५ रुपैयाँमा कारोबार भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।