भदौ २० । नेपाल र भारत  बिचको  फुटबल केही बेरमा  रङशालामा सुरु सुरु हुदैछ ।

नेपाली  दर्शकको उच्च चापको कारण खेल सुरु हुनुभन्दा ३ घण्टा अगाडी नैं सबै टिकट सकिएको एन्फाले  जनाएको छ । दशरथ रङशालामा अहिलो ८० प्रतिशत दर्शक  आइपुगीसकेका छन् ।

 अहिले दशरथ रङशालामा नेपाली  झण्डा बेकेको  र  नेपाली टिमको  टिसर्ट लगाएका  नेपाली दशर्कले   दशरथ रङशालामा   भरीभराउ  भएको छ ।त्यहा गएका नेपाली दर्शकको अनुहारमा नेपालको झण्डाको तस्बिर  र नेपाली झन्डाले साच्चै नै  गर्व लाग्ने  गरी नेपाली दर्शक आइरहेका छन ।

यसैगरी भारत र नेपालको  खेल  हेर्न  नपाएर  नेपाली  दर्शक   सडकमा यताउता  भौतारी रहेको   दृश  त्रिपुरेश्वर वरपरका क्षेत्रमा   देखिएको छ । अहिले त्रिपुरेश्वर क्षेत्रमा  नेपालको झण्डा  नेपाली  टिमको हौसला बढाउने  राता  टिसर्ट  लगाएका मानिसहरुको घुइचोले त्यस क्षेत्रको ट्राफिक व्यवस्था प्रभावित भएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।