दिप बहादुर घर्ति
भदौ १९ । विभिन्न वक्ताहरुले जाजरकोटमा रहेका बहुमुल्य ढुङ्गेखानीहरु शक्तिशाली मान्छेहरुको पहुँचमा बाहिरका मान्छेहरुको हातमा गएको बताइएको छ ।

मंगलबार जाजरकोट उद्योग वाणिज्य संघको सातौ साधारण सभामा शुभकामना दिने बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।

नीजि लगानिकर्ताहरुको छाता संगठनका रुपमा रहेको उद्योग बाणिज्य संघको साधारण सभालाई शुभकामना दिदै नेकपा–माओवादी प्रतिनीधि केवी मल्लले निजी लगानीको हवाला दिएर बैदेशिक लगानीमा रमाउने ब्यबसायीहरुले जिल्लामा रहेका उत्तम क्षेत्रमा लगानि गर्न ध्यान दिन नसकेको बताए ।

उनीले राष्ट्रकै धनी मानिने मान्छे जाजरकोटमा भएता पनि जाजरकोटमै उद्योग कारखाना सञ्चालन गर्नमा लगानी गर्न नसकेको उल्लेख गरे । बाहीरका मान्छेलाई खानीहरु हस्तान्तरण गरेर जाजरकोटमा खानी मात्र छन भनेर रमाउनु पर्ने अवस्था हामीसंग छ मल्लले भने । संघको विधान संशोधनका लागि आयोजित साधारण सभा ३ दिन सम्म चल्ने बताईएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।