भदौ १७ । वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्य मानिएको कोरिया जान पास गर्नुपर्ने भाषा परीक्षाका लागि यो पटक घोकन्ते पढाईले मात्रै नपुग्ने भएको छ ।

अब परीक्षार्थीहरुमा भाषाको राम्रो ज्ञान हुन पनि उत्तिनै जरुरी रहने भएको छ ।

कोरिया सरकारले भाषा परिक्षामा यस भन्दा पहिले भन्दा केही फेरबदल भएसँगै परीक्षार्थीले पनि चलाखी अपनाउनुपर्ने भएको छ ।

भाषा परिक्षालाई विश्व स्तरीय बनाउन सत प्रतिसत गोप्य प्रश्न सोधिने इपिएस सेन्टरका निर्देशक लि दोङ र्सिकले यसअघि नै बताईसकेका छन् ।

नयाँ व्यवस्थाअनुसार, भाषा परिक्षाको सिलेबसमा आधारित भई कुनै पनि प्रश्न सोध्न सकिनेछ । यसअघि, भाषा परिक्षामा एउटा मात्र पुस्तकबाट प्रश्न सोधिन्थ्यो । जसका लागि घोकन्ते पढाईले पनि पास गर्न निक्कै सहज थियो ।

तर, सिलेबलमा आधारित जुनसुकै प्रश्न पनि सोध्न सकिने भएपछि अब भाषा परीक्षा घोकेर मात्रै नभई भाषाबारे ज्ञान हुन अति आवश्यक देखिएको छ ।

यसवर्ष ८ हजार नेपाली कामदारका लागि आवेदन खुल्ला गरिसकेको छ । जसका लागि झण्डै पचास हजारले आवेदन दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।