उनका अनुसार राजधानी क्वालालाम्पुरलगायत जोहोरबारू, पेनाङ, इपो, केलाङ र देङकिल क्षेत्रबाट बढी पक्राउ परेका छन्।
नेपाली कामदार बढी बस्ने ठाउँ पनि पेनाङ र जोहोरबारू नै हो।
अहिले सम्म दुई सयभन्दा बढी नेपाली समातिएको बताइएको छ छ, तर यहाँको अध्यागमन विभाग र नेपाली दुतावासले केही जानकारी दिएको छैन, उनले आइतबार बेलुकी भने, पक्राउ परेका सबै अवैधानिक पनि नहुन सक्छन्, सोमबार अफिस खुलेपछि मात्र यकिन थाहा हुन्छ।
मलेसियाली अध्यागमन विभाग नेतृत्वको टोलीले शनिबारदेखि नै धरपकट सुरू गरेको थियो। तीन बजे विहान सबैभन्दा बढी पक्राउ परेका थिए। राति अबेरसम्म यो क्रम जारी रहेको त्यहाँका नेपाली व्यवसायी तथा कामदारले बताएकोआजको नागरिक दैनिकमा खबर छ ।
यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजार प्रतक्ष प्रभावित हुनेछन्।