भदौ  १६ । चितवनको टिकौलीमा सञ्चालन हुँदै आएको सशस्त्र प्रहरी बलको पेट्रोल पम्पबाट अवैध रूपमा काठ तस्करी हुँदै आएको तथ्य फेला परेको छ ।

पेट्रोल पम्पमा कार्यरत सशस्त्र प्रहरीले अवैध काठ भण्डारण गरी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मा र जिल्ला वन कार्यालयका प्रमुख ९डीएफओ० को टोलीले शनिबार त्यहाँ छापा मारी भण्डारण गरिएका काठसमेत नियन्त्रणमा लिएको आजको राजधानी दैनिकले खबर छापेको छ ।

उक्त पेट्रोल पम्पमा सशस्त्र प्रहरी निरीक्षक सन्तराम चौधरीको टोली खटिँदै आएको छ । उनले प्रमुख जिल्ला अधिकारी शर्मालाई ती काठ एआईजी ऋषभदेव भट्टराईको भएको र काठमाडौं पठाउन राखिएको बयान दिएको खबरमा उल्लेख छ ।

काठ बरामद भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले शनिबार नै प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुबोध अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।