पोखरामा शुक्रबार सम्पन्न महासंघ कास्कीको पहिलो जिल्ला सम्मेलनले सापकोटाको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १७ सदयीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः माधव पनेरु, रुद्र श्रीष, नोमराज गुरुङ र मन क्षेत्री निर्वाचित छन् ।
यसैगरी सदस्यहरुमा सरोज अधिकारी, कमला थापामगर, सहिल गायक, अमृत के. सी., कुशल रानाभाट, फडिन्द्र अधिञ्चन, भीम थापा, विवेक थापा, शंकर तिवारी, देवेन्द्र पौडेल र विकास अधिकारी छन् ।
सम्मेलनले सल्लाहकारमा नारायण शाही, शिवराज बस्ताकोटी ‘शिवदाई’, ओम हमाल र बालकृष्ण बराललाई चयन गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा–माओवादी तमुवान राज्य समिति ईन्चार्ज श्रीनाथ अधिकारी श्यामले पत्रकारिता व्यवसायिक र मिसन गरी दुई तवरले हुने बताए । उनले राष्ट्रिय स्वाधिनता, जनजीविकाका सवाल र आवाजविहिनहरुको आवाजलाई यथार्थपूरक रुपमा सञ्चार जगतले उठाउनु पर्नेमा जोड दिए ।
राष्ट्रपतिलाई अहिलेको अवस्थाको निकासको लागि जानकारी गराउनु अन्तिम प्रक्रिया रहेको र चार दलले देशलाई द्धन्दमा लैजान खोजेको दाबी पनि गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य प्रभात चलाउने, क्रान्तिकारी पत्रकार महासंघकै केन्द्रिय सदस्यहरु राजु लामा, दिपक जलन लगायतले आफ्नो धारणा राखेका थिए ।
उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा र श्रमजीवीको अधिकारको स्थापना अहिलेको मुख्य कार्यभार रहेकोमा जोड दिए ।
सम्मेलनको उद्घाटन सत्रमा नेकपा–माओवादी कास्की ईन्चार्ज सवित्री दुरा आस्था, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतीक, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य दुर्गा भण्डारी, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, क्रान्तिकारी पत्रकार संघ कास्कीका सचिव विभु भुषाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव कमल पौडेल ‘अथक’ र प्रेस युनियन कास्कीका सचिव माधव बरालले शुभकामना राखेका थिए ।