काठमाडौं १३ मंसिर ।
उदयपुरमा चुनावी अभियानका क्रममा बम विष्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् ।

उदयपुरगढी नगरपालिका ६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका हुन् । कार्की निवर्तमान सांसद समेत हुन् ।

बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।