भदौ १४ । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट रहेका नेकपा-माओवादीको युवा संगठन जनस्वयंम सेवकले यथास्थितिको चुनावको विरोध गर्दै राजधानीमा मार्चपास गरेको छ ।
 मार्चापास  राजधानीको नयाँबानेश्वरबाट सुरु भई पुराने बानेश्वर, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, घण्टाघर, दरबारमार्ग, ठमेल, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा पुगी माओवादी महासचिव रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् ।
 सम्बोधनका क्रममा उनले यथास्थितिमा निर्वाचन गरिए त्यसको ससक्त विरोध गरिने र विरोधमा दमन गरिए राजधानीबाटै विद्रोह गरिने चेतावनी दिए ।
 मार्चपासमा सहभागी युवाहरुले पनि मंसिर चारको चुनाव स्थगित गर्नु  पर्ने गोलमेच सम्मेलन बाट निकास  दिनु पर्ने र  खिलराज सरकारको  राजिनामा माग  सहितका  नारा  लगाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।