भदौ १४ । उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष रंगलाल अग्रवाल बुधबार राति मृत अवस्थामा फेला परेका छन् । उनको हत्या भएको आशंका गरिएको छ । परिवारले भने सुनियोजित रुपमै हत्या गरिएको दाबी गरेका छन् ।
उद्योग वाणिज्य संघ सर्लाहीको आठौं साधारणसभाको पूर्वसन्ध्यामा मलंगवा–८ का ५५ वर्षीय अग्रवाल संघको निर्माणाधीन भवननजिकै धान खेतमा मोटरसाइकलसहित लडेको अवस्थामा भेटिएका थिए ।
अग्रवालको मृत्युपछि संघको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।
धान रोपिएको खेतमा भेटिएको शवमा कुनै चोटपटक र डाम नदेखिएको प्रहरीले जनाएको छ।
तर, बत्ती नभएको निर्माणाधीन भवनअगाडि एक्लै बोलाएर हत्या गरिएको पीडित पक्षको आरोप छ।
Comments







