भदौ १४ । जिल्ला शिक्षा अधिकारीहरुको भेलाले अब शुक्रबार पनि पूरै पढाउने निर्णय गरेको छ ।

यसो हुँदा आधा समय पढाई हुँदै आएको शुक्रबार अब भने पूरे दिन पढाई हुने भएको छ ।
चालु शैक्षिक सत्रलाई सिकाई सुधार बर्षका रुपमा मनाउने कार्यक्रम संगै शुक्रबार पनि पुरा समय पढाई हुने निर्णय गरिएको बुधबार भक्तपुरको बोडेमा सकिएको भेलाबारे शिक्षा विभागले बिहीबार पत्रकार सम्मेलन जानकारी दिएको छ ।

सिकाई अधिकारलाई सुनिश्चत गर्न कम्तीमा १ सय ९२ दिन अनिवार्य पठनपाठन र २ सय २० दिन विद्यालय खोल्ने प्रत्याभूति गर्ने तथा विद्यार्थी कम भएको विद्यालय गाभ्ने, खारेज गर्ने, कक्षा घटाउने नीति अगाडी बढाउने पनि भेलाले निर्णय गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।