भदौ १३ । स्वतन्त्र गोर्खाल्याण्डको मागमा आन्दोलनरत् गोर्खावासीहरुले इन्डियन आइडल समेत बनेका प्रशान्त तामाङले आफ्नो आन्दोलनमा सहयोग नगरेको भनेर चित्त दुखाईरहेको बेला प्रशान्तले मुख खोलेका छन् ।

कोलकत्ता प्रहरीका जागिरे समेत रहेका उनले भिडियो सन्देशमार्फत गोर्खाल्याण्ड आन्दोलनप्रति आफ्नो समर्थन व्यक्त गरेका छन् । उनको भिडियो सार्वजनिकपछि भने दार्जिलिङमा तरंग नै पैदा भएको छ ।

दार्जिर्लिङ टाइम्सले सार्वजनिक गरेको भिडियोमा उनले गोर्खाल्याण्डको मागलाई छाड्न नहुने समेत बताएका छन् ।

जसरी दार्जिलिङबासीले एक भएर आफूलाई ईन्डियन आईडलमा जिताए त्यसैगरी एक भएर गोर्खाल्याण्ड आन्दोलन सफल पार्नुपर्छ भिडियोमा उनले भनेका छन्- ‘गोर्खाल्याण्ड हाम्रो हक हो, यो हामीले पाउँनैपर्छ ।’

उनले आफू प्राविधिक कारणले गोर्खाल्याण्डको आन्दोलनमा सहभागी हुन नपाएपनि आवश्यक परे उपस्थित हुने समेत जनाएका छन् । तपाईहरु नसोच्नुस् कि प्रशान्त तामाङको यसमा समर्थन छैन् उनले भनेका छन्,- ‘म जहिले पनि यसमा छु । केही पर्‍यो भने म तपाईको साथमा छु ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।