भदौ १३ । भारतको मोस्ट वान्टेडको सुचीमा रहेका आतंकवादी यासिन भटकललाई नेपाल प्रहरीको सहयोगमा नेपाल भारत सिमा सुनौलीबाट  पक्राउ गरिएको छ ।

यसअघि भटकलको टाउकाको मूल्य १० लाख भारु तोकिएको थियो । यासिनलाई नेपाल भारत  समुक्त टोलीले   पक्राउ गरेको आजतक, एबिपि न्युज लगायत  सञ्चार माध्यमले जनाएका  छन ।

भटकल  २००९ मा कोलकत्ता प्रहरीबाट भागेको बताइएको छ । सन २००९ डिसेम्बरमा उनलाई भारतिय जाली नोटको कारोबार, सन् २०११ सेप्टेम्बर ११ मा दिल्ली उच्च न्यायालयमा भएको बम विस्फोटमा संलग्न रहेको भारतीय प्रहरीको दावी छ । उक्त विस्फोटमा १२ जनाको मृत्यू भएको थियो।

 भारतीय प्रहरीका अनुसार उनी इन्डियन मुजाहिद्दिन नामक आतंकवादी संगठनको संस्थापक नेतासमेत भएको दाबी गरेको छ साथै भटकललाई अहिले सम्म १० ठुला आतकवादी घटनामा सम्लग्न भएको आरोप लगाइएको छ ।

 भारतिय गृहमन्त्री सुशील कुमार शिन्देका अनुसार बुधबार राती भटकल लाई गिरफ्तार गरीएको बताएका छन् । अहिले प्रहरीले सोधपुक्ष गरीरहेको उनले जानकारी दिएका  छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।