भदौ । भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीको मोबाइल चोरी भएको छ ।
अध्यक्ष गान्धीको मोबाइल दुई दिनदेखि हराएको छ ।

गान्धीले आफ्नो मोबाइलमा गोप्य मेल तथा सन्देशहरु रहेको भन्दै दुरुपयोग हुनेमा चिन्ता व्यक्त गरेकी छन् ।

हराएको उनको मोबाइल फोनको स्विच अफ भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उक्त मोबाइल खोजीको लागि साइवर सेल एक्सपर्टहरु लागिपरे पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैनन् ।

त्यहाँका सञ्चारमाध्यमहरुले जनाए अनुसार उनले क्याबिनेटको सेक्रेटरीको अफिसमा मोबाइल हराएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।