भदौ । संविधानसभाको दोस्रो निर्वाचन हुने वा नहुने भनेर दलहरुबीच घम्साघम्सी चलिरहेको बेला निर्वाचन आयोगकै कारण तोकिएको मितिमा निर्वाचन नहुने संकेत देखिएको छ । अरु पनि होइन निर्वाचन आयोगकै प्रमुख आयुक्तका कारणचुनाव नहुने तथ्यहरु छरप्रष्ट भएका हुन् ।
आयोग स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती अहिले मनपरी खेला गर्दै हिडिरहेका छन् । प्रमुख आयुक्त उप्रेतीले मंसिर ४ को निर्वाचन टार्ने, आयोगमा एमाले समर्थक कार्यकर्ता भर्ती गर्ने देखि आयोगका निर्णयहरु समेत एमालेको नीति अनुसार बनाउन थालेको आरोप अहिले निर्वाचन आयोग भित्रै लाग्न थालेको छ । यस्तै आरोप-प्रत्यारोपका कारण केही दिनयता निर्वाचन आयोगका आयुक्तहरुबीचको मतभेद बढेर गएको छ ।
बाहिर आयोगले तोकिएकै मितिमा निर्वाचन हुन्छ भनिरहेको भए पनि आयुक्तहरुबीचको विवादले कुनै पनि हालतमा मंसिर ४ मा निर्वाचन हुन नसक्ने आयोगकै पदाधिकारीहरुको दाबी छ ।
निर्वाचन आयोगले मतपत्रमा कुन दल पहिलो नम्बरमा राख्ने भन्ने विवादमा समेत निर्णय गर्न नसकेर अल्झिएको छ भने अन्य महत्वपूर्ण विषयहरु त झनै थाती रहेका छन् ।
मतपत्र छपाइका लागि ढिलाइ हुनलाग्दा समेत आयोगले उक्त विवाद समाधान गर्न सकेका छैन । स्रोतका अनुसार आयोगमा दलसम्वन्धि विषयका काम कारबाहिको जिम्मेवारी पाएका दोलखबहादुर गुरुङ्गले गोला प्रथा वा कुनै सर्वमान्य विधिबाट उक्त विवाद सल्झाउन प्रयास गरेपनि प्रमुख आयुक्त निलकण्ठ उप्रेतीका कारण विवाद समाधान हुन नसकेको स्रोतले हेलोखबर डटकमलाई जानकारी दिएको छ ।
गुरुङ्गले आयोगबाट स्वीकृत हुने दलका नामहरु सार्वजनिक गर्दा क्रमवद्ध रुपमा राख्न जोड गरेपनि उप्रतीले त्यसमाथि विवाद सिर्जना गर्दा काम नै रोकिन पुगेको छ । उप्रेतीकै दबावमा उक्त प्रारम्भिक चरणको सुचीमा एमाले पहिलो, कांग्रेस दोस्रो र एमाओवादी तेस्रो नम्बरमा राखिएको छ तर पहिलो दोस्रो र तेस्रो सुचीमा ती दलहरु कुन आधारमा परे भन्नेबारे आयोगका अन्य पदाधिकारीसमेत अनविज्ञ रहेका बताउँछन् ।
निर्वाचन आयोग स्रोतका अनुसार आयोगमा उप्रेतीले दादागिरी शैली अपनाउने गरेको र आयोगका निर्णयहरु एमाले निकट बनाउने गरेका छन् । उनले आफ्ना गलत कामबारे मिडियाले गर्नसक्ने टिक्काटिप्पणीको बचाउ गर्न केहि एमाले निकटमा पत्रकारहरुलाई आर्थिक लाभमा प्रयोग समेत गर्दै आएको बुझिन आएको छ ।
पछिल्लो समयमा उप्रेती आयोगमा एकलौटी रुपमा अघि बढ्न खोजेपछि आयोगका कर्मचारीहरु रुष्ट बन्दै आएका छन् । उप्रेती आयोगको काममा भन्दा विदेशी अनुहार, एमालेका कार्यकर्ता र एमाले निकटका संघसंस्थासँगको भेटमा व्यस्त हुन थालेको भन्दै अन्य आयोगका पदाधिकारी उप्रेतीप्रति रुष्ट बनेका छन् । त्यतिमात्रै होइन आयोगका कर्मचारीवीच उप्रेतीलाई सहयोग नगर्ने भनेर छलफल समेत सुरु भएको स्रोतको दाबी छ ।
प्रमुख आयुक्त नै पार्टी लाइनमा हिडेपछि हामी किन चुप बस्ने भन्दै कर्मचारीहरु पनि आफ्नो पार्टी लाइन अनुसार काम गर्न थालेको स्रोतको दाबी छ ।
यस्तै कांग्रेसको बिशेष कोटामा आयुक्त आएका इला शर्माको समयपनि कांग्रेस कार्यकर्ता, उसँग निकट संघसंस्था र उप्रेतीले सिफारिस गरेका व्यक्तिहरुसँगको भेटमा मात्र व्यस्त हुने गरेको आरोप छ ।
मिडिया अनुगमन, मतदाता शिक्षाको नाममा उप्रेतीसँगको मिलेमतोमा इलाले करोडौ रुपैँयाको चलखेलमा लागेको पनि आयोग भित्रै चर्चा छ ।
Comments