अछाम, १२ मंसिर । नेपाली सेनाको गाडी आज साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ ।

घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।