भदौ । फुटबलर वायन रुनीलाई म्यानचेष्टर युनाइटेड छाड्ने या नछाड्ने बारे निर्णय लिन चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले ४८ घण्टे समयसिमा दिएका छन् ।

प्रशिक्षक माउरिन्होले रुनीलाई अब कि म क्लब (म्यानचेष्टर) मै बस्न चाहन्छु वा छोड्न चाहन्छु भनेर भन्नुपर्ने बताएका छन् ।

सोमबार राति म्यानचेष्टर युनाइटेडविरुद्धको खेल गोलरहित बराबरीमा सकिएपछि माउरिन्होले यस्तो बताएका हुन् ।

इंग्लयाण्डका स्ट्राइकर रुनीका लागि चेल्सीले दुई पटक प्रस्ताव राखिसकेको भएपनि म्यानचेष्टर युनाइटेडले रुनीलाई नबेच्ने भन्दै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।