भदौ ११ । विराटनगर क्षेत्रमा भारतीय सिमकार्ड प्रयोग गरी गैर कानुनी रुपमा संचालन गरिदै आएका कम्युनिकेशन सेन्टरहरुमा मोरङ प्रहरीले छापा मारी बन्द गराएको छ ।

सोमवार देखि शुरु गरिएको यो अभियान अन्तर्गत प्रहरीले विराटनगर १७ वडा नं.–७ र १७ संचालित ६ वटा कम्युनिकेशनहरुमा छापामारी उनीहरुले प्रयोग गरेको भारतीय सिमकार्ड, टेलिफोन सेट, तार, एण्टेना लगायतका सामग्री नियन्त्रणमा लिएको छ ।

यसरी अनधिकृत रुपमा संचालन भएका कम्युनिकेशन सेन्टरहरुबाट मासिक लाखौं रुपैया राजस्व छली हुने गरेको गुनासो आएपछि प्रहरीले छापा मारी संचालकलाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले छापा मारेको टेलिफोन सेन्टरबाट एक दर्जन टेलिफोन सेट, भारतीय सिमकार्डहरु लगायत एण्टेना, चार्जर र तारहरु बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

विना दर्ता कम्युनिकेशन संचालन गरेका उनीहरु विरुद्ध दूर सञ्चार ऐन, राजस्व ऐन अनुसार कारवाही चलाईने प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।