सलमान खान र कट्रिना

भदौ । पूर्वप्रेमी समेत रहेका नायक सलमान खान नायिका कट्रिनाकी बहिनीको बिहेमा जान नपाउने भएका छन् । उनलाई कट्रिनाले नै बिहेमा नबोलाउने भएकी हुन् ।
बहिनी नताशाको विवाह यही महिनाको अन्तिममा हुने बताइएको छ ।

उक्त बिहेमा कट्रिनाले अर्जुन कपूर, अयान मखर्जी, अलि अब्बास जफर, अलबिरा खानलाई निम्तो गर्ने लिस्ट बनाएपनि सलमानलाई भने पाखा लगाएकी छिन् ।

विवाहमा कट्रिनाका प्रेमी रणवीर कपुर समेत सहभागी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कट्रिनाले सलमानलाई नडाक्ने विषयले भारतीय फिल्मी मिडियामा भने भूइँचालो नै ल्याईदिएको छ ।

यस्तै. यसअघि शाहरुख र प्रियंकाबीचको सम्बन्धमा चिसो आएको खबरले पनि भारतीय मिडियामा निक्कै तहल्का पिटेको थियो । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।