दिप बहादुर घर्ति/जाजरकोट
भदौ ८ । नेपाल कम्युनिष्ट पार्टी–माओवादी जाजरकोटले राजनैतिक सहमतिका आधारमा अब हुने गोलमेच सम्मेलनका लागि आफ्नो पार्टी फेरी गाउँ–गाउँमा जाने कतएको छ ।
कार्यालयको विस्तारि बैठकले लिएका निर्णयहरुको जानकारी गर्दै पार्टी सेक्रेटरी विरागले यस्तो कुरा बताएका हुन ।
सेक्रेटरी विरागले शुक्रवार अवेर सम्म चलेको विस्तारित बैठकले राजनैतिक सहमतिका आधारमा राष्ट्रिय स्तरमा हुने गोलमेच सम्मेलनलाई जनमुखि बनाउन जिल्ला पार्टी जनदवाव सृजना गर्न फेरी गाउँ–गाउँमा जाने निर्णय गरेको बताए । उनले उक्त विस्तारित बैठकमा भावनात्मक रुपले, विचार राजनैतिक कार्यदिशाका हिसावले उत्साहजनक वहस पनि चलेको जानकारी दिए ।
पार्टी केन्द्रिय सदस्य तथा भेक राज्य समिति ईन्चार्ज माया प्रशाद शर्मा र केन्द्रिय सदस्य तथा भेक राज्य समिति स–सेक्रेटरी गगन खड्का सहभागि रहेको बैठकले लिएका महत्वपुर्ण निर्णयहरु पार्टी केन्द्रले लड्ने लडाईको खजना बन्ने जिल्ला ईन्चार्ज ढकवीर रानाले बताए ।
उनण्ले केन्द्रिय सदस्य जीवनले देश राष्ट्रियताको खतरामा परिरहेको बेला जसरी भारतीय जनताले अंग्रेजका विरुद्ध ३ सय बर्ष लामो लडाई लड्े त्यसरी नै नेपालि जनतालाई भारतीय जनता जस्तै राष्ट्रियताको पक्षमा ३ बर्ष लामो लडाई लड्न सक्ने क्षमताको विकास गराउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनु भयो भने ।
केन्द्रिय सदस्य तथा भेक राज्य समिति ईन्चार्ज माया प्रशाद शर्माले आज देशको ब्यरोजगारी समस्याका कारण दैनिक १५ सय युवाहरु बिदेशिने गरेको र देशमा गरिवी ४१ प्रतिशत यथावत भएको हुँदा यसको समाधान लागि देशमा ठुलो राजनैतिक परिबर्तनको आवश्यक्ता परेको र राजनैतिक परिवर्तनका लागि घमसानको राजनैतिक लडाईको प्रत्येक कार्यकर्ताले आफुलाई कमाण्डर बनाउन अन्तिम निर्देशन दिएको श्रोतले बताएको छ ।







