भदौ ७ । घरमा सुतिरहेका बेला गएराति धादिङको गजुरीमा हतियार प्रहार गरेर श्रीमतीको हत्या गरिएको छ भने श्रीमानलाई घाइते बनाइएको छ ।
सुतिरहेको अवस्थामा एक अज्ञात समूहले हतियार प्रयोग गरी गजुरी ८ की बुद्धिमाया चेपाङको हत्या गरेका हुन् । त्यस्तै उनका श्रीमान चन्द्रबहादुरलाई हतियार प्रयोग गरी घाइते बनाएका छन् ।
घाइते चन्द्र बहादुरको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । हतियार कसले र किन हानेको भन्नेबारे खुल्न नसकेको र त्यसको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Comments





