भदौ ३ । सरकार र नेकपा माओवादी नेतृत्वको ३३ दलवीचको आजको वार्तामा कुनै सहमति भएन ।
मंसिर ४ गतेको निर्वाचनका विषयमा दुवै पक्षले आ–आफ्नो अडान देखाएपछि बार्ता विना निष्कर्ष सकिएको हो । तर कुनै ठोस सहमति नभएपनि वार्तापछि दुवै पक्षका प्रतिनिधीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । उनीहरुले पुन वार्ता गरि आगामी बसाइलाई फलदायी बनाउने निर्णय भएको बताए ।
सरकारले मंसिर ४ गते हुने निर्वाचनमै आएर राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरेकोमा मोर्चाले राष्ट्रिय सहमति कायम गरेपछि मात्र निर्वाचनको नयाँ मिति तोक्नुपर्ने अडान राखेको थियो ।
सरकार र ३३ दलिय मोर्चावीचको यो दोस्रो चरणको बार्ता हो । सरकारले आजको वार्तालाई निर्णायक बनाउने बताएपनि पुन वार्तामा बस्ने निर्णय गरेको छ ।
Comments