भदौ १ । क्यानडाको उत्तर पूर्वी राज्य क्यूबेकमा दक्ष जनशक्तिका लागि पी आर पाउने सजिलो सम्भावना नजिकिएको छ ।

यही अगष्ट १ तारिखदेखि आफ्नो इम्मिग्रेशन प्रणालीमा आमुल परिवर्तन दक्ष जनशक्तिहरु सजिलै इम्मिग्रेशन हुन सक्ने नियम क्यूबेक राज्यले बनाएको छ ।

उक्त नियमका कारण विदेशी दक्ष व्यक्तिहरुलाई क्युबिक छनोटको माध्यमबाट क्यानडाको स्थायी भिसा सजिलै पाउन सकिने बताइएको छ ।

क्यूबेक सरकारी वेवसाइटमा जनाइएअनुसार विभिन्न प्रकारको विषयहरुमा विश्वविद्यालय वा व्यवशायिक अध्ययन गरेका र ३५ बर्ष उमेर पुगेका व्यक्तिहरुले सजिलैसँग क्यूवेक सेलेक्सन पाउन सक्ने उल्लेख गरिएको छ ।

विभिन्न बिषयमा अध्ययन वा व्यवशायिक तालिम प्राप्त व्यक्तिहरुले अध्ययनमा मात्र २८ अंकसम्म प्राप्त गर्न सक्नेछ भने विवाहित श्रीमान वा श्रीमतीको अध्ययनबाट ७ अंक प्राप्त गर्न सकिने वेवसाइटमा उल्लेख गरिएको छ ।

आवेदकको अध्ययनका विषयहरु भने विविध छन् । जसमध्ये केही यसप्कार छन्:

Accountants
Agriculture
Aircraft Maintenance Technician
Aircraft Pilots
Avionics
Automobile Mechanics
Bank Managers
Bio-Chemistry
Bio-Medical
Business Managers
Chemical Engineer
Chemistry
Civil Engineers
Computer Engineer
Computer Support Worker
Dentists
Food Science
Lawyers
Mathematics
Mechanical Engineer
Machining Techniques
MBBS/MD Doctors
Microbiology
Nurse (PCL and BN)
Optometrists
Pharmacists
Psychologists
Restaurant Managers
Social Worker
Welders
क्यूबेक सरकारको छनौट प्रमाणपत्र (CSQ) प्राप्त गरिसकेपश्चात क्यानडाको स्थायी भिसा (Permanent Residence Card) पाउनको लागि योग्य मानिन्छ, जसको लागि क्यानेडिएन भिसा अफिसमा PR भिसाको लागि आवेदन गर्नुपर्ने हुन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।