भदौँ १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका दुई अधिकृत डेढ लाख घुस लिदालिर्दैँ पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार साँझ विमानस्थल भन्सारका अधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मीलाई १ लाख ४१ हजार रुपैयाँ घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
कार्यालयबाट घर फर्किने बेलामा विशेष सूचनाको आधारमा आयोगका विशेष टोलीले अधिकारीको झोलाबाट २२ हजार ५ सय रुपैयाँ, उनको गाडिको म्याटमुनी खुट्टा राख्ने ठाउँबाट ३९ हजार रुपैयाँ बरामद गरेका थिए ।
रेग्मीको साथबाट भने ७९ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।
अहिले उनीहरु दुवै जना हिरासतमा छन् ।
उनीहरु दुवै जनाको मोबाइल समेत नियन्त्रणमा लिएर उनीहरुका विरुद्ध अनुसन्धान भईरहेको बताइएको छ ।
Comments