साउन ३१ । ‘सारे जहाँ से अच्छा हिन्दुस्ताँ हमारा…….‘’ छिमेकी देश भारतमा राष्ट्रिय पर्व तथा महत्वपूर्ण समारोहमा यही गीत गुञ्जिने गर्छ ।
भारतीय गजलकार महोम्मद इकवालले सन् १९०५ मा उर्दुमा लेखेको यो गीत भारतथको देशभक्तिपूर्ण गीत मानिन्छ । तर नेपाल र नेपालीको सुरक्षाका लागि ज्यानको आहूति दिन तठयार हुने शपथ खाएका नेपाली सुरक्षाकर्मीले शिरमा लगाउने टोपीमा पनि यही गीत लेखिएको पाइएको छ।
नेपाल प्रहरीले लगाउने ‘ब्यारेट क्याप’ को भित्रपट्टीको ‘ट्याग’ मा यो गीतको पहिलो हरफ लेखिएको छ । नेपाली सुरक्षाकर्मीको टोपीमा विदेशी भूमिको गीतलाई गौरवका रुपमा सजाउनु बिडम्बना हो ।
प्रहरी एसपीदेखि जवानसम्मले लगाउने गरेको कलेजी रङको ब्यारेट क्याम्प यस्तो गीत प्रिन्ट भएको ट्याग भेटिन्छ । प्रहरी प्रधान कार्यालयले। टेन्डर आहृवान गरी पैसा तिरेर खरिद गरेको टोपीमा ‘सारे जहाँ से अच्छा हिन्दुस्ताँ हमारा’ लेखिएको ट्यागसमेत नहटाउनु हदैसम्मको लापरबाही हो ।अन्नपूर्ण पोष्टमा खबर छ ।
समचार संकलनका सिलसिलामा बुधवार महानगरीय प्रहरी आयुक्त कार्यालय पुग्दा एक एसपी आफूले लगाएको टोपी देखाएर भन्दै थिए,’यी हेर्नुस् अझै पनि हामीले लगाउने टोपीमा यस्तो लेखिएको छ,नेपाल र नेपालीका लागि गर्छौ तर शिरमा भारत महान् भनेर लेखिएको टोपी लगाएर हिँड्नु परेको छ ।
उनले लगाएको टोपीमा यो गीतको लाइनसंगै ‘वान पिस ब्यारेट क्याप जेएचई स्पेसल’ लेखिएको थियो । ती एसपीले मुख्यालयको लापरवाहिले यस्तो भएको बताए ।




neta haru le bhartiy gun gan garekai chhan ani topi tyasto lekhyer lyaun gareko galti kun thulo chha ra
aba k nai bhannu xara, ka nai bolnu xara.