साउन ३०  (रासस) । राष्ट्रपति डा रामवरण यादव र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

 राष्ट्रपतिको कार्यालय शीतलनिवासमा   भेटवार्तामा  पछिल्लो राजनीतिक अवस्था, अर्को  संविधानसभाको निर्वाचनलगायतका विषयमा कुराकानी जनाइएको छ ।

भेटमा प्रचण्डले आगामी संविधानसभाको निर्वाचनमा निर्वाचनप्रति केही असहमति राख्दै आएका दलहरुसँग भइराखेको वार्ताका बारेमा राष्ट्रपतिलाई अवगत गराएका   थिए  ।

उच्चस्तरीय राजनीतिक समितिका अध्यक्षसमेत रहेका प्रचण्डले मंसिर ४ मा संविधानसभाको निर्वाचनमा दलहरु होमिसकिएको र निर्वाचनमा असहमति राख्दै आएका दलहरु पनि निर्वाचनमा भाग लिने  बताएका  थिए । तर 

राष्ट्रपति डा यादवले सबै दललाई निर्वाचनमा समेटेर जान र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आग्रह   जनाइएको छ ।  

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।