साउन २९ । यथास्थितिमा संविधानसभाको विरोध गरिरहेको नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चा र सरकारबीच आज औपचारिक वार्ता भएको छ ।

वार्तामा ३३ दलले सरकारसँग १८ बुँदे माग पेस गरेका छन् ।

उक्त मागमा मंसिर चार गतेको चुनाव स्थगित गरिनुपर्ने, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज गरिनेपर्ने, खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार विघटन गरी दलीय सरकार गठन गरिनुपर्ने लगायत माग राखिएका छन् ।

वार्तापछि सरकार प्रवक्ता तथा सरकारी वार्ता टोलीका सदस्य एवं सञ्चारमन्त्री माधव पौडेलले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।

त्यस्तै असन्तुष्ट दलहरुले पनि आजको वार्तामा आफ्ना माग राखेको र अब थप छलफल गरेर अघि बढ्ने बढ्ने बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।