साउन २८ । १० वर्ष सशस्त्रयुद्ध हुँदै प्रधानमन्त्री समेत बनेका एमाओवादी नेता डा. बाबुराम भट्टराईले लासको राजनीति गर्नेदेखि सावधान हुन भन्दै सामाजिक सञ्जाल ट्विरमा लेखेका छन् ।

गोरखा फुजेल गाउँका नन्दप्रसाद र गंगामाया अधिकारी छोराका हत्यारालाई कारबाहीको माग गर्दै ६ महिनादेखि अनसनमा बसिरहेको अवस्थामा भट्टराईले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्विटरमा उनले उक्त घटनाबारे केन्द्रित हुँदै लेखेका छन् – ‘अधिकारी दम्पत्तिको अनसन प्रकरणबारे एमाओवादी पार्टीको आधिकारिक धारणा आज आउँदैछ।छिटो TRC गठननै यसको समाधान हो । लासको राजनीति गर्नेहरुदेखि सावधान’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।