साउन २७ । सरकारले शनिबार साँझ आजबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
हिजो साँझ बसेको नेपाल आयल निगम संचालक समितिको बैठकले मूल्य वृद्धि गरेको हो ।
मुल्यवृद्धि अनुसार डिजेल र मट्टीतेलमा एक रुपैयाँ, पेट्रोलमा दुई रुपैयाँ मुल्य बढेको छ ।
नयाँ मुल्य
- पेट्रोल -१२५ प्रतिलिटर
- डिजेल मट्टीतेल -१०० प्रतिलिटर
- हवाई इन्धन- १३०
- खाना पकाउने – ग्याँस पुरानै मुल्य
अब एक लिटर डिजेल र मट्टीतेलको लागि एक सय तथा पेट्रोलका लागि १ सय २५ तिर्नु पर्नेछ । यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटरमा १० रुपैयाँ तथा बाहृयतर्फ प्रतिकिलोलिटर ५० डलर बढेको छ ।
निगमले खाना पकाउने ग्यासमा भने मुल्य बढाएको छैन ।
निगमको मासिक घाटा कम गर्न मूल्य वृद्धि गरेको निगमको भनाई छ । डलरको भाउ बढेकाले पनि मूल्य वृद्धि गर्नु परेको निगमले बताएको छ ।
Comments