विदेशिएका नारी र यो समाज

बिनोद श्रेष्ठ ‘क्रान्ति’/दुबई
झापाकी मणिकला राई (नाम परिवर्तन) ले नेपाल छाडेको ११ वर्ष बिति सकेछ । राजतन्त्रको अवशान पछिको गणतान्त्रिक नयाँ नेपालको आगमन उनलाई पत्तो नै छैन ।

हाम्रो देशको राजा पनि यहाँको जस्तै भई दिए राम्रो हुन्थ्यो है भन्दै प्रश्न गर्दा मलाई कता कता देशमा राजतन्त्र बिउँतिएको आभाष भयो । उमेरले झन्डै ३८ औँ वसन्त पार गरेकी राईलाई २ जना ट्रकका ड्राईभरले बलात्कार गरी हत्याको प्रयास गरे, जसको प्रतिवाद आज खाडीको मरूभुमिमा संघर्ष गर्दै छिन् ।

नारी चुलो चौकोमा मात्र सिमित भएर अघि बड्न नसकेको सधै पुरूषको थिचोमिचोमा बस्नु पर्ने उनको कथन थियो । दिदि बहिनि, भेटघाट अनि चाड पर्व नमानेको वर्षौँ भईसके छ उनको । रातो वर्ण मंयोलियन जाति भए पनि लोकल भेषभुषा, बोलिचालि अनि रितिरिवाजमा चल्नु उनको रहर थिएन ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

शिर देखि पाउँसम्म काला कपडा लगायका अरबीहरूको गार्ड अनि उनीहरूको सुसारे उनको दिन चरियामा पर्थो । हाम्रो क्यामरा उनको अगाडी फेस हुन्थो तर क्याच हुन सक्थेन।

स्केचः गुगल

किनकी परिवर्तित समाजको बाध्यता थियो । उनमा, अन्तिम प्रश्नको जबावाफमा स्वदेश नफर्कने आभाष झल्किरहेको थियो। घटना घट्दा गाँउ समाजबाट बहिस्कृत हुनुमा दोष त के थियो र उनमा ?

काभ्रेबाट खाडी मुलुक छिरेकी निशा धिमाल (नाम परिवर्तन) को पिडा पनि यस्तै छ ।

दलित वर्गमा जन्मेकी निशालाई पनि बिदेशीन बाध्य गराईनु यही समाज थियो । १६ वर्षको कलिलै उमेरमा बलत्कारको शिकार उनको प्रमुख कारण रहेछ ।

प्रेम प्रसङ्गमा युवकको कुरालाई अस्वीकार गरेकै कारण आजका दिनहरु बितिरहेछन् उनका । घरेलु कामदारमा भएकोले मालिकलाई सन्तुष्टि पार्नु नै उनको धर्म थियो । शिकार बन्नु उनको बाध्यता नै थियो ।

जे जस्तो भए पनि समाज परिबर्तन नभए सम्म यही मर्ने धोको छ उनको । १७ वर्षमा वैवाहिक बन्धनमा बाँधिए पनि दम्पत्य जीवनको शुखभोगबाट वन्चित सिन्धुलीका हरिमाया कार्की (नाम परिवर्तन) १ छोरा बेबारिसे रहेछ ।

सामाजिक असन्तुलनमा बैबाहिक बन्धनमा बाँधिन पुगेकी तल्लो जातको भएर नै सानै उमेरको शिकार हुन पुगिन् । दैनिक घरायसी काममा ब्यस्त उनी बिदेशमा पनि महिला घरेलु हिंसा बड्दै गएकोमा चिन्ता गर्छिन् । स्वदेशी पीडा बोकेर बिदेशी पिडा बिर्सदै थिइन् उनी । छोरोको भबिष्य कोर्न बाध्य छिन् मरूभुमीमा । सामाजिक बिचार परिबर्तन नभए सम्म महिला हिंसा नरोकिने उनको भनार्इ छ।

महिला हितमा जबसम्म देशमा संबिधान बन्दैन, तब सम्म नारी सामन्तदास मनोवृत्तिबाट माथी उठ्न नसक्ने ठाडो जवाफ हामी माँझ तेर्साइन् । ताकी हामी एक छिन अक्क न वक्क भयौँ ।

पारिवारीक हिंसाबाट पिडित सुखौरा, ७ बाग्लुङ्का शर्मिला खत्री (नाम परिवर्तन) भर्खरै मात्र खाडी मुलुकमा पाइला टेकिन् । बिहान सबेरै उठ्दा आफु सुतेर छाडेको ओछ्यान हेर्दै १७ घन्टाको प्रतिक्षामा लड्न पाउने कुराले चिन्तित हुने बताइन् ।

दिन भरी काम गरेर थकाइ लाग्दा समेत एकछिन थकान भर्न नपाउने उनी उठ्ने बित्तिकै घर लिपपोत, घाँस दाउरा अनि बस्तु भाउ दैनिक उनको सहपाठी हुन्थे ।

भान्सामा सबै सगै खाना खादै गर्दा उ बाहिर भाँडा माझ्दै, जब खाँ भन्ने शब्दको उच्चारण हुन्थ्यो, उ बुझ्थी कि सबैले खाइ सकेछन् । सानै उमेरमा आमाको मायाबाट बन्चित शर्मिला झड्केलो आमा र सहोदर बाबुको मायाले कहिल्यै नमर्ने गुनको बदला दिएको बताइन् । यी त भए हाम्रा समाजमा घटेका बैदेशीक घटनाहरू एक अंश ।

यस्ता थुप्रै जल्दाबल्दा घटनाहरू जीबितै छन्, हाम्रा सामाजमा। किन हुन्छन् ? यस्ता घटनाहरू,महिला बिदेशिनुको मुख्य कारण के हो ? प्रश्न र त्यसपछि आउने उत्तर सहज छैन।

हामी नयाँ नेपालको परिकल्पना गरिरहेका छौँ । तर समाजले अझै सम्म पुरातनबादी मकुन्डो त्याग्न सकेको छैन । गरिबी, हिंसा र जातिय बिभेदको जाँतोमा दलिएर हजारौं महिलाहरू खाडीको मरूभुमिमा जोतिनु परेको छ । भारतको बेश्यालयमा चाहार्नु परेको छ । देश भित्रै कमलरी,भुमा तथा देबकी मात्र होइन जिउ बेचेर गाँसको जोहो गर्नु परेको इतिहास ताजै छ । पिडा पाउने हुदा खाने बर्गका र पिडकहरू हुने खाने बर्गका हुनु यसको ताजा उदारहण हो।

नारी समानताको चर्चा प्रशस्त भए पनि ब्याबहारमा असमानता झेल्नु परेको तितो उदारहण छन्। बिपन्न सिमानतकृत एवं दलित महिलाहरू सबैभन्दा बढी हिंसाको शिकार बन्नु परेको ताजा बेलबारी घटना जिबितै छ ।

त्यसैले वर्गहिन समाजको कल्पना यूक्ति सगंत हुदैन । तथापि असन्तुलनको खाडल नपुरिएसम्म समाजले नयाँ कोल्टे फेर्न सक्दैन।हाम्रो समाज मध्ययूगीन सामन्तीदास मनोबृतिबाट माथी उठ्न सकेको छैन ।

जनस्तरमा चेतनाको बिकास भए पनि सामाजिक ब्यवस्थाका मालिकहरू समयको समानान्तरमा कुद्न सकेका छैनन् वा चाहेनन् । हिजो सामन्ती एकाधिकारबादी तथा बिभेदपुर्ण ब्याबस्थाले प्रकृतिहरूको फेर समात्दै परम्पराको निरन्तरमा घिस्रि रहेको छ हाम्रो समाज।

देश संक्रमणकालबाट गुज्रिरहदा नारी समानताको पक्षमा उठेका चर्को आवाज फोस्रो साबित भएका छन्। अन्तरिम संबिधानको धारा २०(३ मा कुनै महिला बिरूद्द शाररिक मानसिक वा कुनै हिंसाजन्य कार्य गरिने छैन र यस्तो कार्य कानुनद्दारा दण्डनिय हुनेछ,भन्ने उल्लेख छ ।

महिला हिंसा नियन्त्रणको लागी बनेका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र बनिसकेको नेपालमा घरेलु हिंसा राष्ट्रिय एन समेत कार्यन्वयन आइसकेको छ।

तैपनि महिला अधिकारको कानुनि संरक्षण तथा सरकारी प्रतिबद्दताको चाङ्हरू एक पछी अर्को थुपिरिदै गए पनि महिला बिरूद्द हुने हिंसा रोकिएको छैन ।

महिला माथी हुने हिंसामा राज्यले शुन्य सहनशिलताको निति नअपनाउँनु नै महिला हिंसा बड्नुको प्रमुख कारण हो। महिलाको पक्षमा काम अनि उनीहरूलाइ हेर्ने समाजको दृष्ट्रिकोण परिबर्तन भए मात्र नारीहरू वास्तबिक स्वतन्त्र हुनेछन् ।