साउन २६ । लोक कलाकारहरुको संगठन राष्ट्रिय संगीतकर्मी संघको उपत्याका विशेष समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनले पूर्ण आर्यालको अध्यक्षयतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संवाद डबलीमा सम्पन्न अधिवेशनले उपध्यक्षमा संन्तोष पौडेल, राम थापा शिशिर, कमलीकान्त भेटवाल, लक्ष्मण, पार्वती कार्की चयन गरेको छ भने सचिवमा श्रीराम पौडेल, सह–सचिवमा प्रकाश कटवाल, र कोषाध्यक्षमा आशा लामालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा लालमणी भुसाल, अमर दर्नाल, समिता केसी, अनिल गौतम, रामराम घर्ती लगायत लगायत रहेका छन् ।
बरिष्ठ लोक गायतक बम बहादुर कार्की, कुमार बस्नेत, धु्रबराज खड्का लागयत अधिवेशनमा नयाँका कार्यसमितिलाई शुभकामना दिदै नयाँ कार्यसमितिले नेपालको राष्ट्रिय संस्कृतिको रुपमा रहेको लोक संगीतलाई जगेर्ना गनुपर्नेमा जोड दिएका थिए ।