साउन २६ । नेपाली कॉग्रेसले मंसीर चारको संविधानसभा निर्वाचनलाई असर नपर्ने गरी असन्तुष्ट दलका माग सम्बोधन गर्ने निर्णय गरेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बिहान बसेको केन्द्रीय कार्य समितिको अनौपचारिक बैठकले मंसीर चारको चुनावलाई असर नगर्नेगरी असन्तुष्ट दलका मागमा लचकता अपनाउन सक्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा सभापति कोईरालाले आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै चुनावी वातावरण बनाउने र पार्टीको रणनीतिका विषयमा पनि बिहानको बैठकमा छलफल भएको छ ।
Comments