साउन २६ । अनलाइनहरुका लागि सबैभन्दा राम्रो, भरपर्दो मानिएको अनलाइनहरुलाई एड उपलब्ध गराउँदै आएको गुगल एडसेन्स पछिल्लो पटक नेपालमा धमाधम बन्द हुन थालेको छ ।
केही दिन अगाडी मात्रै गुगलले पाकिस्तानका सयौँ ब्लगमा एडसेन्स प्रतिबन्ध गरेको थियो भने शुक्रबार साँझ ५० भन्दा बढी छाडा छाडा पोष्ट गर्ने नेपाली ब्लगहरुमा एडसेन्स बन्द गरिदिएको छ ।
यो पटक गुगलले व्यवसायिक भन्दा पनि गुगलको एड राखेर मनपरी प्रोनोग्राफी तथा सेक्सुअल कुरा पोष्ट गर्ने ब्लगहरुमा एडसेन्स बन्द गरिदिएको हो । तर, त्यसरी बन्द गर्ने क्रममा केही राम्रा ब्लग तथा साइटहरु समेत त्यसको सिकार समेत बनेका छन् ।
यसअघि नै इकान्तिपुर, नागरिकन्यूज, अनलाइनखबर जस्ता राम्रा मानिएका नेपाली साइटहरुमा गुगलले टर्म एण्ड कन्डिसन विपरित भएको भन्दै एडसेन्स बन्द गरिदिएको थियो । तर कान्तिपुरले भने बन्द गरेको एडसेन्स खुलाउन सफल भएको छ । अन्य दुईमा भने अहिले पनि एडसेन्स छैन । अनलाइन खबरले भने अर्कै एजेन्सीको एड राख्न सुरु गरिसकेको छ ।

कारक तत्व नेपाली नै
लाखौँ लाख त गुगल एडबाट मात्रै भित्रदैँ आएको थियो । यसैबाट धेरैले रोजगारी समेत पाएका थिए । तर, एकले अर्कालाई ठाह गरेर रिपोर्ट गरिदिने, ठूला साइटले राम्रा गरे भनेर केही व्यक्तिहरु मिलेर रिपोर्ट गरिदिने गर्नाले नेपालबाट नै एड पूर्ण रुपमा हटेर जाने सम्भावना पनि उत्तिकै छ ।

अहिले पनि सबै साइट तथा ब्लगमा एड भने गएको होइन । तर जुन जुन साइट तथा ब्लगको एडमा रिपोर्ट परेको थियो त्यसैमा मात्रै हट्न गएको हो । त्यस्तो रिपोर्ट पाठकहरुले भन्दा पनि संगठित रुपमा मिलेर केही व्यक्तिहरुले गरेको हुन सक्ने पनि बताइन्छ । तर यसको पुष्टि भने भएको छैन । अहिले पनि सेक्सुअल तथा प्रोनाग्राफी पोष्ट गरेरै चलाइएका थुप्रै साइटहरुमा एड जारी छ । तर, कसैले रिपोर्ट गरिदिने हो भने त्यो पनि उठ्ने निश्चित छ ।

कस्ता कस्तामा एडसेन्स हट्यो त ?

पोलिसी विपरित चलाइएको साइटमा एड बन्द भएपछिको अवस्था

नेपालमा अनलाइन पत्रकारितालाई कस्तो बनाउने, कसरी व्यवस्थित बनाउने भनेर छलफल भईरहेको बेला लुकेर चलाइने अनि जे पाए त्यही लेखेर अनलाइन पत्रकारिताको नै बेइज्जत हुने गरी चलाइएको त्यस्ता साइट तथा ब्लग बन्द हुँदा व्यवसायिक अनलाइन पत्रकारिता गर्नेहरु भने खुसी भएका छन् । तर उनीहरुका लागि पनि आर्थिक स्रोतको मेरुदण्ड बन्न जाने एडसेन्स हट्दा भने दुःखित बनेका छन् ।
यो पटक एड गुमाउनेहरु युट्युबबाट एड लिएर चलाउँदै आउने रहेका छन् । पछिल्लो पटक बन्द गरिएका एडसेन्स भने सेक्सुअल तथा प्रोनोग्राफी कन्टेन्ट पोष्ट गर्ने ब्लग तथा साइटमा लक्षित छ । यो नेपालमा सम्भवत अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा पहिलो पटक गुगलले एड बन्द गरेको हो । गुगलको टर्म एण्ड कण्डिसनमा सेक्सुअल तथा प्रोनोग्राफी कन्टेन्ट राख्न नपाइने, उसले तोकिदिएको भाषामा मात्र एड राख्न पाइने लगायत शर्तहरु छन् । त्यसकौ सिकार अहिलेको घटना हो ।
ठूला साइटमा चाँही कसरी भयो त बन्द ?
नेपालमा नाम चलेका साइटहरुमा भने महिना दिन अगाडी नै एड बन्द गरिदिएको थियो गुगलले । ती साइटहरुले २ देखि ८ लाखसम्म महिनावारी गुगल एडबाट नै कमाउँदै आएका थिए । नेपाली तथा हिन्दी भाषाका साइटहरुमा डाईरेक्ट गुगल एड नदेखिने हुँदा त्यहाँ भाषा अंग्रेजी भनेर लेखेपछि मात्रै गुगल एड देखिने गर्दछ । सबै हिन्दी तथा नेपाली साइटहरुले त्यही ट्रिक अपनाउँदै आएका छन् । जुन गुगलको टर्म एण्ड कण्डिसन विपरित हुन जान्छ । यसअघि हिन्दी तथा नेपाली साइटहरुमा एड बन्द हुँदा यसै कारण होला भनेर चर्चा चल्यो । तर, हेलोखबर डटकमलाई प्राप्त सुचना अनुसार गुगलले अंग्रेजी भनेर लेखेकै आधारमा भने बन्द गरिदिएको होइन । त्यसको खास कारण भने भूमिगत रुपमा चलाइएका ब्लगहरुले आफ्नो फाइदाका लागि ती ठूला ब्लगहरुमा भएको एडसेन्समा पटक पटक रिपोर्ट गरिदिएको र त्यसैको आधारमा गुगलले एड हटाईदिएको हो ।

त्यसरी लुकेर चलाइने ब्लगहरुले ती नै ठूला ठूला साइटहरुको समाचार हबहु कपी पेष्ट गर्ने भएको र ठूला साइटमा एडसेन्स बन्द गरिदिँदा आफूहरुलाई फाइदा हुने भएकाले त्यसो गरेको एक जना जानकारले हेलोखबरलाई जानकारी दिए । त्यस्ता मनपरी लेख्ने ब्लग साइटहरुमा हिजो केहीमा एडसेन्स बन्द भएपनि अझैँ सयौँ संख्यामा ब्लग सञ्चालन हुँदै आएका छन् । नेपालमा २ सयको हाराहारीमा त्यस्ता ब्लग रहेको अनुमान गरिएको छ ।
प्रहरीेले पनि उजुरी परेको खण्डमा मात्रै राम्रै अनलाइन पत्रकारलाई समेत राज्यले अनलाइन पनि मिडिया भनेको अवस्थामा समेत प्रेस स्वतन्त्रतामाथि औँला उठाउँदै समातेर जेल हाल्ने गरेको छ । तर, संगठित रुपमै सामाजिक मर्यादामा असर पर्ने गरी यस्ता काम भईरहँदा भने मुखमा बुझो हालेर बस्दै आएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।