
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नै लडाकूको नाममा भएको भ्रष्टाचारको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन ।
अनुसन्धान अधिकृतले छानबिनलाई अन्तिम चरणमा पु¥याएको जानकारी दिइसकेका छन्, त्यसमा जतिसुकै उच्च ओहदा वा विशिष्ट व्यक्ति भए पनि अख्तियारले छाड्दैन, सबैभन्दा उच्च व्यक्तिकै संलग्नता देखियो भने पनि कारबाही गर्ने कार्कीले बताएका छन । पूर्वलडाकूको नाममा २० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताविरुद्ध उजुरी परेको छ ।
उजुरीमा ४ अर्ब रुपैयाँ हुँदै नभएको लडाकूको नाममा र १६ अर्ब लडाकूको नाममा भ्रष्टाचार गरिएको जिकिर गरिएको छ । उजुरीमा एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन र जनार्दन शर्माले सो रकम भ्रष्टाचार गरेको जिकिर गरिएको छ । अघिल्लो उजुरीको छानबिन नभएको भन्दै युवा संघ नेपालले समेत दलबलसहित अख्तियार पुगेर गत ५ असोज २०६९ मा लिखित उजुरी दिएको थियो । आजको राजधानीमा खबर छ ।
माओवादी लडाकूको नाममा भएको भ्रष्टाचारबारे अनुसन्धान अधिकृत तोकेर छानबिनलाई अन्तिम चरणमा पु¥याइएको छ, जतिसक्दो चाँडो त्यो भ्रष्टाचारको छानबिन पूरा गरिन्छ,’ प्रमुख आयुक्तमा नियुक्त भएपछि बुधबार पहिलो पटक बीबीसी नेपाली सेवामार्फत आफ्नो भनाइ राख्दै प्रमुख आयुक्त कार्कीले भने । उनले छानबिनको दायरामा जतिसुकै ठूलो व्यक्ति आए पनि नछाडिने उद्घोष बताएका छन ।
Comments