साउन २२ । असन्तुष्ट दल र उच्चस्तरीय राजनीतिक समितिबीच भएको पहिलो पटकको वार्ता सकिएको केही घण्टा बित्न नपाउँदै एकीकृत नेकपा माओवादी अध्यक्ष तथा समितिका संयोजक पुष्प कमल दाहाल प्रचण्डले वैद्य नेतृत्व मोर्चाका माग सम्बोधन गर्न नसकिने बताएका छन् ।

वार्ता लगत्तै पोखरा पुगेका उनले त्यहाँ पत्रकारहरुसँग बैद्य मोर्चाका माग गम्भीर प्रकृतिको भएको भन्दै ‘११ बुँदे र २५ बुँदे सम्झौता परिमार्जन मात्र गर्न सकिने तर खारेज गर्न नसकिने बताए ।

सो अवसरमा सरकारले राजीनामा दिने कुनै सम्भावना नभएको भन्दै मंसिरमा ४ को निर्वाचन समेत स्थगित नहुने बताए ।

वार्तापछि मोर्चाको नेतृत्व गरिरहेको नेकपा माओवादी अध्यक्ष मोहन वैद्यले भने वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका थिए ।

आजको बैठकमा मोर्चाले १८ बुँदे माग राखेको छ । मागका सम्बन्धमा आजको बैठक पहिलो पटक भएको भन्दै छलफल भने भएन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।