साउन २२ । तनहुँको खैरेनीटार–७ स्थित कुम्ले खोलाको पुलबाट सोमबार साँझ ६:३० बजे बस खस्दा २६ जना घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेका छन् । घाइतेमध्ये गम्भीर १९ जनालाई उपचारका लागि पोखरा पठाइएको र सामान्य अवस्थाका छ जना घाइते उपचारपछि घर फर्केको बताइएको छ ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना३ख ९४४१ नम्बरको बस पुलबाट खोलामा खस्दा ती यात्रु घाइते भएका हुन् । तीब्र गतिमा गुडेको उक्त बस पुलबाट ३० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते पाँच जनालाई उपचारका लागि पोखरा लगिएकोे इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Comments