साउन १८ । नेकपा माओवादीमा आबद्ध मोर्चाको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा सरकारले वार्ताका लागि पठाएको पत्रका बारेमा छलफल हुनेछ ।

सरकारले वार्ताका लागि आह्वान गरेको र जाने नजाने विषयमा छलफल गर्न बैठक बोलाइएको नेकपा माओवादीका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

उनका अनुसार केही दलहरू वार्तामा जान नहुने पक्षमा रहे पनि नेकपा माओवादीसहित अधिकांश दलहरु वार्ता गर्नुपर्ने पक्षमा रहेका छन् । वार्तामा जाने विषयमा दलहरुबीच सहमति भयो भने वार्ता टोली पनि गठन हुने माओवादीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।