यस्तै क्रममा पछिल्लो पटक भने खिलराजकै सामु मन्त्रीले घूस लिएको खुलासा भएको छ ।
यसअघि सरकारले केही जलविद्युत आयोजनालाई राष्ट्रिय गौरव घोषणा गरेको छ । सोही अन्तर्गत दोलखाको लामाबगर र त्यस आसपासका ५ गाविस प्रभावित हुने गरी गर्न लागिएको माथिल्लो तामाकोशीको डिजाइन परिवर्तन, ५ महिना समय थप र चार अर्ब लागत थपको ठेकेदारको प्रस्ताव स्वीकृत गर्न बैनास्वरूप ऊर्जा मन्त्री उमाकान्त झाले डेढ करोड रूपैयाँ खाएको खुलासा भएको हो ।
बैठकमा ठेकेदारको प्रस्ताव स्वीकृत गर्न बैनास्वरूप ऊर्जा मन्त्री झाले डेढ करोड खाएको भन्दै उनीमाथि प्रश्न गर्दा निहाउँरो अनुहार लगाएर उनी चुप बसेको बताइन्छ ।
सोमबार दोलखामा कार्यरत चार प्रमुख राजनीतिक दलका केन्द्रीय सदस्य, पूर्वसभासद र अन्य दल प्रमुखहरु सम्मिलित बैठकमा उपस्थित मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, मुख्य सचिव लीलामणि पौडेल, अर्थ मन्त्री शंकर कोइराला, ऊर्जा मन्त्री उमाकान्त झा र ऊर्जा सचिव लगायत विद्युत प्राधिकरण प्रमुख सामु दोलखाका पूर्वजिविसलगायत सभापति रुद्र खड्काले आक्रोशित हुँदै डेढ करोड कमिसन खाएको आरोप लगाएका हुन्। त्यसपछि उक्त घुसकाण्डको खुलासा भएको आज जनआस्था साप्ताहिकले खबर छापेको छ ।
खबरमा उल्लेख गरिएको छ- सामन्ती शासकका सुरुआतकर्ता भनेर आरोपित पृथ्वीनारायण शाहले भनेका थिए ‘घूस लिन्याँ र दिन्याँ दुबै राज्यका सत्रु हुन्।’ हिजो आज गणतन्त्रमा, त्यो पनि संघियता र समावेसीको चर्को नारा उरालिएको बेला शासन मै बसेका एक जना मन्त्रीलाई कसैले नाकैमा चोर औला ठड्याएर तैले यति करोड खाइस भन्दा पनि मन्त्री चुपचाप हास्दै बस्छ भने त्यसलाई के भन्ने ?