साउन १५ । सुन सफा गर्ने नाउँमा घरघरमा सुन ठगी गरी हिँड्ने पाँच भारतीयलाई धादिङका निस्नकण्ठे–५ जरेवर भन्ने ठाउँबाट शुक्रबार पक्राउ गरिएको अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा सार्वजनिक गरिएको छ ।

निस्नकण्ठ–७ बस्ने गोमाथा गुरुङ र सरिता गुरुङको कानको रिङ सफा गर्दा सुन ठगी गरेको दुवै जनाको जाहेरीको आधारमा पक्राउ गरी सोमबार धादिङ जिल्ला अदालतबाट ६ दिनको म्यादसमेत थप गराइ ठगीको आरोपमा उनीहरूमाथि मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी घोडासाहनका ३० वर्षीया सरोज सोनार, १८ वर्षीय चन्द्रीका सोनार, २५ वर्षीय नेरश कुमार, १६ वर्षीय रोशन कुमार र मोतिहारी फेनाराका १७ वर्षीय रोहित कुमार रहेका छन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।