साउन १५ । एकीकृत नेकपा (माओवादी) का नेता दीनानाथ शर्माले निर्वाचनको विपक्षमा उभिएका शक्तिलाई नेपाली जनताले नै ठेगान लगाउने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ पर्साद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने— “नेपाली जनताको चाहनाबमोजिम निर्वाचन हुन गइरहेकाले यसलाई कसैले चाहेर पनि रोक्न सकदैनन् ।”

निर्वाचनको विरोध गरिरहेका नेकपा–माओवादीलगायतका दलसँग निर्वाचनका लागि सहकार्यको हात बढाइएकै हो भन्दै उनले यदि चुनावमा भाग नलिए जनताले नै ती दललाई बहिष्कार गन बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।