साउन १३ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पूर्वराजा ज्ञानेन्द्रलाई उक्साउने एमाओवादी नेता बाबुराम भट्टराईलाई जेल हाल्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा केन्दिय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्धारा शनिबार आयोनिजत प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रका बारेमा गरेको टिप्पणीप्रति संकेत गर्दै उक्साउनेलाई नै जेल हाल्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले ज्ञानेन्द्रलाई उक्साउनेलाई नै जेल हाल्नु तर्क गरेका थिए ।
केही समय अगाडी बाबुरामले आफू प्रधानमन्त्री भएको भए ज्ञानेन्द्रलाई जेल हाल्थे भनेका थिए भने त्यसको केही समय पछाडी ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपति बन्न प्रस्ताव गरेको समेत भनेका थिए ।