साउन १३ । पाकिस्तानो पेसावर शहरमा शुक्रबार भएको आत्मघाती आक्रमणमा ज्यान जानेको सङ्ख्या ५१ पुगेको समाचारमा जनाइएको छ ।

पाकिस्तानको कुराम जातीय क्षेत्रको परचिनार बजारमा सो आक्रमण गराइएको थियो ।

उक्त आक्रमण बजार ब्यस्त रहेको बेलामा गराइएको थियो । उक्त जातीय इलाका अफगानिस्तानको सिमा क्षेत्रमा पर्दछ ।

कुराम प्रान्तका एकजना वरिष्ठ प्रशासनिक अधिकृत रायज मेसुदले सो आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।