साउन १२ । कलंकी कोटेश्वर चक्रपथ विस्तार कार्य असोज १५ देखि थालिने भएको छ । वर्षायाममा काम गर्न अप्ठ्यारो पारेको भन्दै सडक विस्तार कार्य चार महिना पछि सारीएको हो ।
सडक चीन सरकारको आर्थिक सहयोगबाट बन्न लागेको थियो । दुई वर्षअघि तत्कालीन चिनिया प्रधानमन्त्री वेन जियाबाओ नेपाल भ्रमण आएका बेला सडक निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए ।
जसमा चीनले ४ करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने भएको छ । कलंकीदेखि कोटेश्वरसम्म पर्ने ९ दशमलव ५ किलोमिटर चक्रपथ दुवैतिर गरी ८ लेन बनाइनेछ । सडक दुवैतर्फ साइकल ट्र्याक र फुटपाथ बनाइनेछ ।
Comments