गायिका सहिमा श्रेष्ठले तीजको अवसरमा कोशेली ल्याएकी छिन् ।
‘तीज सहिमा’ एल्बममा समावेश ‘तीजको बेला माइतीमा आको’ बोलको गीत सहिमाले सार्वजनिक गरेकी हुन् ।
कुमार विवाहितको शब्दमा तयार भएको यो गीतले तीजको समयमा माइती जाने चेलीहरुको कथालाई उठान गरेको छ । जनक कार्कीको नृत्य, निरज कँडेलको छायांकन रहेको यो भिडियोलाई डीके डटकमले निर्देशन गरेका हुन् ।
भिडियोमा गायिका सहिमाले आफै मोडलिङ पनि गरेकी छिन् । तीज पर्वको अवसरमा महिलाहरुलाई यो गीतले नचाउने विश्वास गरिएको छ ।
Comments