साउन  ७ । जग्गाको विषयमा  झडप हुँदा कपिलवस्तुको पिपरा–१ बुलडीहवामा एक जनाको मृत्यु भएको छ ।

जग्गाको सिमाको  सम्वन्धमा  विवादमा पछि भएको  झडप हुँदा बैदुल रहमानको मृत्यु भएको छ ।

 घटनामा  अन्य  चार जना घाइते भएका छन् भने त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।

गम्भिर घाइते सदरुल हुसेन र महमुद अयुबको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको  छ

। आक्रोसित दुवै पक्षबीच दाउराको चिरपट, ढुङ्गालगायतका घरेलु हतियार प्रयाग गरेका थिए।

घटनमा संलग्न रहेको आरोपमा प्रहरीले हमद हुसेन, शेरातुन निसा, नुरुल हुसेन र रहमानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।