साउन ७ । चीनको गान्सु प्रान्तमा गएको भुकम्पमा परी ११ जनाको मृत्यु भएको र ८१ जना भन्दा बढि घाइते छन् ।

त्यहाँ उद्धार कार्य जारी रहेकाले मृत्यु हुने तथा घाइतेहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

सोमवार बिहानै गएको भुकम्पको रेक्टर स्केलमा ६.६ मापन गरिएको चीनको समाचार सस्था सिन्हाले जनाएको छ ।

भूकम्पको क्षति विवरणबारे विस्तृत विवरण अझै आउन बाँकी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।