साउन ४ । बालबालिकाहरुलाई खेलौना किन्नेहरु अब अचेत हुनु पर्ने भएको छ । स-साना नानीहरुले खेलाउँदै आएका त्यस्ता खेलाउन स्वास्थ्यका लागि हानि कारण हुने गरेको पाइएको हो ।
नेपाल भित्र्याइने त्यस्ता खेलौनाहरुमा स्वास्थ्यका लागि हानिकारक रसायन मापदण्डभन्दा बढी प्रयोग हुने गरेको पाइएको हो ।
एक अध्ययनले त्यस्ता खेलौनाले स्वास्थ्यमा गम्भीर समस्या निम्ताउने उल्लेख गरेको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले राजधानीको असन, महावौद्ध, पुल्चोक, कोटेश्वर, ग्वार्को, नयाँ बसपार्क तथा बनेपालगायतका स्थानमा बिक्रीका लागि राखिएका खेलौनामा गरेको परिक्षणमा हानिकारक रसायन भेटीएको नयाँ पत्रिकामा खबर छ ।