साउन ३ । नेपाल स्टक सुचक(नेप्से) बिहिवार मात्रै झण्डै दश अंकले बढ्यो । आज नेप्से सूचक ५२१.५३ अंकमा पुगेर क्लोज भएको छ ।
पछिल्लो तीन सातामा मात्रै सूचक ३० अंक बढी माथि उठिसकेको छ ।
डेढ महिनादेखि मेगाको आइपिओमा होल्ड भएको १३ अर्बभन्दा बढी रकम आइतवारबाट फिर्ता हुँदैछ, त्यसको आधाभन्दा बढी रकम दोस्रो बजारमा जानेछ, त्यसैगरी आर्थिक वर्षको अन्तिम त्रैमास सकिएको छ, अब कम्पनीको व्यालेन्ससिट बाहिर आउने प्रक्रिया पनि सुरु भएको छ । यसले पनि लगानीकर्ताहरु दोस्रो बजारमा दाउ लगाउन थालेका छन् ।
बिहिवार लगानीकर्ताले सबैभन्दा बढी दाउ बैंकिङ्ग, टेलिकम र जलविद्युतमा लगाएका छन् । बैंकिङ्ग सूचक १०.९१ अंक, अन्य समूह १२.९२ अंक, जलविद्युत २९.९२ अंक, होटल ४.५, इन्सुरेन्स ५.३६ र उत्पादन समूह १.७७ अंकले बढ्यो ।